-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

दाङको कटुवा खोलामा डुबेर ३९ वर्षीय रमेश विष्टको मृत्यु

  • नेपालगञ्ज खबर
  • २०८३ कार्तिक १३, बिहीबार १८:२० गते

घोराही । दाङको घोराहीस्थित कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७, श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–१५ स्थित कटुवा खोलामा डुबेर बेपत्ता भएका विष्टलाई प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए।