-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

अर्ब १६ करोडको क्रिप्टो कारोबारको आरोपमा २८ वर्षीय युवा पक्राउ

  • नेपालगञ्ज खबर
  • २०८३ कार्तिक १३, बिहीबार १७:३९ गते

काठमाडौं । दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले बाइनान्स एपमार्फत क्रिप्टो कारोबार तथा अनलाइन सट्टेबाजी गराउने गरेको सूचनापछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रहरीको प्राविधिक विश्लेषणअनुसार उनले बाइनान्स आइडीमार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार गरेको खुलेको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब २ अर्ब १६ करोड १ लाख रुपैयाँ हुन्छ।

यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध जुवा तथा सट्टेबाजी र अभौतिक मुद्राको प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।