

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधानप्रति प्रतिबद्ध रहने, पार्टीको विधान र अनुशासन पालना गर्ने तथा ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ को लक्ष्य पूरा गर्न सक्रिय रहने प्रतिज्ञा गरेका छन्।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति गगन थापाले उनीहरूलाई शपथ गराएका हुन्। शपथका क्रममा उनीहरूले लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्दै पार्टी, समाज र राष्ट्रको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।


