-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

नेपालगञ्जको १५९औँ रामलीला सम्पन्न, ४५ फिटको रावण दहन

  • नेपालगञ्ज खबर
  • २०८३ कार्तिक ६, बिहीबार ११:०६ गते

नेपालगञ्ज, कात्तिक ५। बाँकेको नेपालगञ्जमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९औँ शृङ्खला ४५ फिट अग्लो रावणको पुतला दहनसँगै सम्पन्न भएको छ।

घटस्थापनादेखि रामलीला मैदानमा मञ्चन हुँदै आएको रामलीलामा भगवान् श्रीरामको जीवन, वनवास, सीता हरण र रावणसँगको युद्धलगायतका प्रसङ्ग प्रस्तुत गरिएको थियो। रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाका अनुसार विजया दशमीका दिन रावण दहन गरी यस वर्षको कार्यक्रम समापन गरिएको हो।

नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको रामलीला अवलोकन गर्न नेपालका विभिन्न स्थान र भारतका सहरबाट समेत दर्शक आउने गरेका छन्। आयोजकले कार्यक्रम व्यवस्थित बनाउन सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ।

१५९औँ शृङ्खलासम्म निरन्तरता पाएको रामलीलालाई स्थानीयले धार्मिक आस्था, सांस्कृतिक विरासत र नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा लिने गरेका छन्।