

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना !
काठमाडौं। बडादसैँ २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्।

मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नवकन्याको पूजाअर्चना गरेका हुन्।
नेपाली परम्पराअनुसार नवदुर्गाका नौ स्वरूपको प्रतीकका रूपमा कन्याहरूको पूजा गर्ने चलन छ। सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याहरूको गोडा धोएर टीका लगाउनुका साथै उपहारसमेत प्रदान गरेका थिए।

दसैँमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका रूपमा नवदुर्गाको पूजाअर्चना गरिन्छ।

