-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

अवैध नदी दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा

  • नेपालगञ्ज खबर
  • २०८३ आश्विन ३०, शुक्रबार १०:५४ गते

बागलुङ । बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० सवारीसाधन कारबाहीमा परेका छन्।

कालीगण्डकी नदी, दरमखोला, बडिगाड खोलालगायत विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा ओसारपसार गर्ने टिपर, ट्र्याक्टर, स्काभेटर, डोजर र जेसीबी कारबाहीमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित स्थानीय तहले जरिवाना तथा राजस्व लिएर छाड्ने गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा बागलुङ नगरपालिकामा २१, ढोरपाटन नगरपालिकामा १४ र बडिगाड गाउँपालिकामा चार सवारीसाधन कारबाहीमा परेका थिए। उक्त आर्थिक वर्षमा ती तीन स्थानीय तहले कारबाहीमा परेका सवारीसाधनबाट कुल रु. १ लाख ५७ हजार २८० राजस्व संकलन गरेका थिए।