-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

बिलबिजकबिनाका ६७ थान मोबाइलसहित दुई जना पक्राउ

  • नेपालगञ्ज खबर
  • २०८३ आश्विन १९, सोमबार २०:२७ गते

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिलबिजकबिना बिक्री–वितरण भइरहेको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानबाट Apple, Samsung, Redmi, Vivo लगायतका मोबाइल तथा iPad गरी जम्मा ६७ थान बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पहिलो घटनामा भरतपुर महानगरपालिका–१० बस्ने ४२ वर्षीय दिपक प्रसाईलाई बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो। प्रहरीले उनको साथबाट Apple कम्पनीका iPhone ५० थान, Samsung ८ थान, Redmi २ थान, Apple iPad १ थान र Vivo १ थान गरी जम्मा ६२ थान मोबाइल बरामद गरेको जनाएको छ।

त्यस्तै, दोस्रो घटनामा भरतपुर महानगरपालिका–२, रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले तनहुँ व्यास नगरपालिका–२ का २८ वर्षीय उमनन्द भुजेललाई पक्राउ गरेको छ। उनको साथबाट बिलबिजकबिना Apple कम्पनीका iPhone ५ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बरामद मोबाइल :

  • Apple iPhone — ५० थान
  • Samsung — ८ थान
  • Redmi — २ थान
  • Apple iPad — १ थान
  • Vivo — १ थान
  • Apple iPhone — थप ५ थान
  • जम्मा: ६७ थान