-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

सार्वजनिक बिदा, आइतबार र सोमबार लगातार दुई दिन बिदा

  • नेपालगञ्ज खबर
  • २०८३ कार्तिक २८, शुक्रबार १६:२६ गते

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै २०८३ कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा हुने जनाएको हो।

 

यसअघि छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा घोषणा गरिएको थियो। पर्वको परम्पराअनुसार पहिलो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिन्छ।

सोही परम्परालाई ध्यानमा राख्दै सरकारले छठको समापन दिनसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार अब छठका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुनेछ।