-- : -- : --
--
नयाँ अपडेट यो सातामा संक्षिप्त खोज मेरो जिल्ला
Logo

सिराहामा ११०२ किलो गाँजा बरामद, बोलेरो र मोटरसाइकल नियन्त्रणमा

  • नेपालगञ्ज खबर
  • २०८३ आश्विन १५, बिहीबार ०९:०२ गते

सिराहा । सिराहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले १ हजार १०२ किलो ६५५ ग्राम गाँजा सहित एउटा बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार गएराति करिब १ बजे सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक र गागन खोलापुल क्षेत्रबाट गाँजा ओसारपसारमा प्रयोग भएको गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरबाट खटिएको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बरामद गाँजा २६ वटा बोरामा प्याक गरिएको अवस्थामा फेला परेको थियो। प्रहरी टोलीलाई देखेपछि गाडी तथा मोटरसाइकलका चालकहरू सवारीसाधन छाडेर फरार भएका थिए।

बरामद गाँजा, बोलेरो र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।